ताजा समाचार

‘खाद्यान्न ढुवानीमा आफू निकट कार्गो एजेन्सिलाई घुसाउन चलखेल’

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुर्गममा खाद्यान्न ढुवानीका लागि निकटका हवाई कम्पनि तथा एजेन्सिलाई पोष्न चलखेल गर्न खोजेको आरोप लागेको छ ।

दुर्गम क्षेत्र कर्णालीमा सुर्खेत र नेपालगञ्जदेखी हुम्लाको सिमिकोटसम्म हवाईमार्गमार्फत खाद्यान्न ढुवानीका लागी आफ्नो निकट हवाई कम्पनिलाई पोष्ण एकसाता समयावधि थप गरिएको हो ।

हवाईमार्गबाट खाद्यबस्तु ढुवानीका लागी मिती २०७८ भाद्र ४ गते प्रकाशित सुचनामा भाद्र १५ गते अन्तिम समयावधीमा ३ वटा टेण्डर फारम विक्रि भएका छन ।

स्रोतका अनुसारः तीन हवाई तथा कार्गो एजेन्सी (तारा हवाई कम्पनि, समिट हवाई कम्पनि र सिम्रिक हवाई कम्पनि) ले बोलपत्र फारम खरिद गरेकोमा  २ ओटा कम्पनिले मात्र समयावधि भित्र समिट र ताराले टेण्डर दाबी (बोलपत्र) दर्ता गरिसकेका छन ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी भने केही कम्पनिले बोलपत्र खरिद तथा दर्ता गर्ने अवधि बढाई पाँउ भनि निवेदन दिएको कारण देखाउदै एकसाता थप गरेको सुचना प्रकाशित गरेको छ ।

आज भाद्र १५ गते दिउसो १२ बजे सम्म बोलपत्र दर्ताको अन्तिम समयावधी भएपनि  डेढ घण्टा समय ढिला साढे १ बजे मात्र समयावधी थप गरेको सुचना गरिएको हो ।

यी सम्पुर्ण प्रकृयालाई हेर्दा आफू निकट गार्गो कम्पनिलाई टेण्डर दिलाउन चलखेल गरेको प्रष्ट बुझिन्छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका श्री मोहन प्रकाश चन्दले आफू निकट कार्गो एजेन्सि सिम्रिकलाई टेण्डर दिलाउन चलखेल गरेको भन्ने खुलेको छ ।

समयावधि भित्रै बोलपत्र दर्ता गराएका समिट र तारा हवाई कम्पनि तोकेको अवधिमै बोलपत्र खोल्नु पर्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा पुगेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org