ताजा समाचार

निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको बेन्चमा

काठमाडाैँ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ ।

बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।

निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ । त्यसैगरी सभामुख अग्नि सापकोटाले कारवाही गरेका एमाले सांसदहरुको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरिएको छ ।

अधिवक्ता बाबुराम दाहालले रिटमा निर्वाचन आयोगमा नेता माधव नेपालसहितले नयाँ दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर गर्नेहरु ५५ जना केन्द्रीय सदस्य भनेर गरेको दावी तथ्यसंगत नभएकाले ३९ जना मात्रै भएकाले दललाई मान्यता नदिन अन्तरिम आदेश माग गरेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org