ताजा समाचार

एमाले संसदीय दलको निष्कर्ष– एमसिसी मुलुकको हितमा छैन

काठमाडौँ  । नेकपा एमालेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी मुलुकको हितमा नरहेको निष्‍कर्ष निकालेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनकाअनुसार नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले सभामुखको भूमिका एमालेविरोधी र माओवादी पार्टी कार्यकर्ता जस्तो भएको निष्कर्ष निकालेको उनले बताए । निर्वाचन आयोग एमाले टुक्र्याउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी ब्यवहार भारतीयसामू लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मूकदर्शक बस्न नसक्‍ने उनले बताए । दलको बैठक अहिले जारी छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org