ताजा समाचार

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडाैँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ।

शुक्रबार बिहान सत्ता गठबन्धनको बैठक बसेको हो।

बैठकमा सत्तागठबन्धनका पाँच दलका शीर्ष नेताहरू सहभागी छन्। मन्त्रिपरिषद विस्तार गर्नेलगायत विषयमा कुराकानी गर्न बैठक बसेको छ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो।

बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि छन्।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार गठबन्धन बैठक जारी छ। बिहीबार पनि गठबन्धन बैठक बसेको थियो। गठबन्धन बैठकपछि मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org