ताजा समाचार

एमाले सांसदको नाराबाजीबीच सभामुखले चलाए संसद बैठक

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक चलाएका छन्।

शुक्रबारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

फेरि बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरूले अवरोध र नाराबाजी गरिरहेका थिए।

त्यहीबीच  सभामुख सापकोटाले नेमकिपाका सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत समय दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org