ताजा समाचार

एमसीसी टोलीले आज अर्थमन्त्री शर्मालाई भेट्दै

काठमाडाैँ । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को टोलीले आज शनिबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्ने भएको छ।

नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले आज मन्त्री शर्मासँग भेटवार्ता गर्ने भएको हो।

यसअघि टोलीले हिजो शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेट गरेको थियो।

त्यसअघि एमसीसी टोलीले आएकै दिन बिहीबार बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org