ताजा समाचार

एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टी गठनपछि पहिलो केन्द्रीय कमिटी बैठक बसेको हो । बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बसेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिनेछ । यस्तै, पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागितालगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्ने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org