ताजा समाचार

चन्द्रागिरिमा कतारको ‘फुड फेस्टिभल’

काठमाडौँ। नेपालस्थित कतारी दूतावासले चन्द्रागिरि हिलमा फुड फेस्टिभल आयोजना गरेको छ । कोभिड–१९ संक्रमणका कारण निकै अघिदेखि गर्न नसकेको फुड फेस्टिभल दूतावासले शुक्रबार आयोजना गरेको हो ।


दूतावासले गत फेब्रुअरीमा नै फुड फेस्टिभल आयोजना गर्ने तयारी गरे पनि कोभिड–१९ को संक्रमण दर बढेकाले स्थगित गरेको थियो । अहिले कोभिड संक्रमण घटेको अवस्था भएकाले मानिसहरूको चहल पहल बढेको साथै सबैमा फेस्टिभ मुड देखिएको अवस्थामा फुड फेस्टिभल आयोजना गरिएको दूतावासले जनाएको छ ।

चन्द्रागिरि हिल्समा आयोजित फेस्टिभलमा कतारी दूतावासले केबलकारमार्फत ढुवानी गरेर कतारी (अरबीक) र अन्य विदेशी खानाको स्वाद पस्किएको हो । फेस्टिभलका लागि कतारी दूतावाससँग चन्द्रागिरि हिल्स प्रालिले सहकार्य गरेको हो ।

फेस्टिभलका लागि हिल्सले कार्यक्रम स्थल र अन्य खाना उपलब्ध गराएको थियो भने कतारी दूतावासले कतारी (अरविक) परिकार पस्किएको थियो । कोभिडले थलिएको नेपालको पर्यटन क्षेत्रलाई कतारी दूतावास र चन्द्रागिरि हिल्सको संयुक्त आयोजनामा सम्पन्न फेस्टिभलले आशा जगाउने काम गरेको बताइएको छ ।

कूटनीतिक नियोगका सबैजसो अधिकारीहरू उपस्थित

उक्त फेस्टिभलमा औपचारिक कार्यक्रम भने राखिएको थिएन । फेस्टिभलमा उपस्थित आगन्तुकहरू प्राकृतिक दृष्यावलोकन गर्दै खाना खाइरहेका देखिन्थे । कार्यक्रममा कूटनीतिक नियोगका सबैजसो अधिकारीहरूको उपस्थिति थियो । काठमाडौ‌मा रहेका अन्य मुलुकका राजदूतको पनि उपस्थिति रहेको कार्यक्रम नेपालका लागि युएइका राजदूत एक एम्बास्डर डिन सैद हम्दान अल नक्वीको उपस्थितिपछि अघि बढेको थियो ।

केबलकार चढेर चन्द्रागिरि हिल पुगेका सहभागीहरू त्यहाँबाट सानो मोटरमार्फत होटल पुगेका थिए । उनीहरूले होटलको स्टलमा दूतावासले तयार पारेको अरविक र चन्द्रगिरि हिल्सले उपलब्ध गराएको खानाका परिकारहरूको स्वाद लिएका थिए । फेस्टिभलमा नेपाली तथा विदेशीहरू सहभागीहरू त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाएका थिए । कतारले नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्ने र विकासमा सहकार्य गर्ने बताउने मात्र होइन हाइकिङ गराउनेदेखि धेरै विषयमा ठोस रूपमा सक्रिय रहँदै आएको छ ।

कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैल र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आगन्तुकलाई स्वागत, सत्कार गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org