ताजा समाचार

अपडेटः मुस्ताङमा हिमपहिरो, ११ जना घाइते

काठमाडौं । मुस्ताङमा हिमपहिरो जाँदा आज ११ जना घाइते भएका छन् ।

हिमपहिरो आएको देखेर भाग्न खोज्दा उनीहरू घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मानापाथी हिमालबाट हिमपहिरो जाँदा मुस्ताङको कोबाङ क्षेत्रमा क्षति पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले ११ जना घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए ।

‘‘नजिकैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । केही घरका छाना उडेका छन् । पशुचौपाया हराएका छन् । विस्तृत क्षतिको विवरण आउन बाँकी छ,” उनले बाह्रखरीसित भने ।

उनका अनुसार आज बिहान करिब ११ बजेर ४० मिनेटमा हिमपहिरो गएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org