ताजा समाचार

नेपाल बार अध्यक्षको आरोप– प्रधानन्यायाधीश जबरा न्याय बेचबिखनमा लागे

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘न्याय बेचबिखनमा लागेको’ गम्भीर आरोप लगाएका छन् । राजीनामा दिएर मार्गप्रशस्त गर्न पनि उनले प्रधानन्यायाधीशलाई आग्रह गरे ।

बुधबार नेपाल बारको तेस्रो चरणको आन्दोलनको सुरुवात गर्दै उनले प्रधानन्यायाधीशबाट वार्ताको आह्वान भए पनि त्यो केवल जनता झुक्याउने मेलो भएको पनि बताए ।

सर्वोच्च अदालतमा प्रहरी परिचालन गरिएको भन्दै उनले आपत्ति समेत जनाए । प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन हुनुपर्ने उनको भनाइ थियो ।

नेपाल बारको तेस्रो चरणको आन्दोलन यही मंसिर ३ गतेसम्म हुने उनले जानकारी दिए । प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका १८ वटा उच्च अदालतमा बृहत् विरोध कार्यक्रम गरिने उनले बताए ।

पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीशको नाम मुछिएको भन्दै नेपाल बारले उनको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org