ताजा समाचार

प्रधानन्यायाधीशले तोके १० इजलास, १८६ मुद्दा सुनुवाइ हुँदै

काठमाडौं । बारको धर्ना र असन्तुष्ट न्यायाधीशहरूको बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० इजलास गठन गरेका छन् ।

ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । आज दुई एकल र आठ संयुक्त इजलास तोकिएको छ ।

प्रधानन्यायाधीशको राजीनामा एक मात्र एजेण्डा बनाएर असन्तुष्ट ‘विद्रोही न्यायाधीश’ मा विभाजन आइसकेको छ । हिजो ६ न्यायाधीश इजलास फर्केर नियमित मुद्दाको सुनुवाइ गरेका छन् ।

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई बारले अस्वीकार गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org