ताजा समाचार

वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्रीको छड्के

काठमाडौं । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय पुगेर अनुगमन गरेका छन्।

जनमानसमा यस कार्यालयबाट हुने विभिन्‍न सेवा प्रवाहहरू प्रभावकारी नभएको भन्दै जनगुनासो बढेपछि मन्त्री श्रेष्ठ बुधबार आकास्मिक रूपमा अनुगमनका  लागि कार्यालमै पुगेका हुन्।

अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले यस कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिए। त्यस्तै उनले कुनै नीतिगत समस्या वा कानुनी अल्झन परेमा त्यसको समाधानका लागि मन्त्रालयल सधैँ तत्पर रहेको समेत उनले बताए। कार्यालयमा हुने गरेको टोकन सिष्टमको समस्या तुरुन्तै हल गर्न पनि उनले निर्देशन दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org