ताजा समाचार

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट सुरू

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक सुरु भएको छ ।

केहीबेर अघिदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक सुरु भएको हो।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ ।  प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्टमा असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी रहेको बताइएको छ ।

प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org