ताजा समाचार

नेपाली कांग्रेस १४ औँ महाधिवेशनः काभ्रेबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा युवा नेता श्रेष्ठको उमेद्वारी

काठमाडाैँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा काभ्रे  जिल्ला निर्वाचन क्षेत्र २ बाट प्रतिनिधित्व गर्दै लोकप्रिय युवा नेता रामचन्द्र श्रेष्ठले केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागी उमेद्वारी घोषणा गरेका छन ।

आसन्न १४ औँ महाधिवेशका लागी विभिन्न तहका अधिवेशन चलिरहेका बेला काभ्रे जिल्ला लोकप्रिय युवा नेता श्रेष्ठले जनताती तर्फबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागी उमेद्वारी घोषणा गरेका हुन ।

युवा नेता श्रेष्ठ सानै उमेरदेखी नेपाली कांग्रेसको विद्यार्थी संगठनमा आवद्ध भई राजनिती थालेका हुन ।

जिल्लामा समेत राम्रो प्रभाव जमाउन सफल युवा नेता श्रेष्ठ एक युवा व्यवसायी, नेपाल ड्राईभिङ स्कुल एशोसियनका केन्द्रिय अध्यक्ष र समाजसेवी समेत छन ।

श्रेष्ठले न्युज नेपालसंग भनेः नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा काभ्रे निर्वाचन क्षेत्र २ बाट प्रतिनिधित्व गर्दै  केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मेरो उमेद्वारी छ । मलाई विश्वास छ, सम्पुर्ण प्रतिनिधिले मेरो उमेद्वारीलाई स्वागत गर्दै अमुल्य मत दिएर मलाई  केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विजय गराउनु हुने छ ।

पार्टी सुदृढिकरण र आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन मेरो पहिलो प्राथामिकता रहने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org