ताजा समाचार

एआईजीपी निरजबहादुर शाहीलाई कार्यवाहक आईजीपीको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीको कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) निरजबहादुर शाहीलाई दिइएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासभामा भाग लिन टर्की जानुअघि शाहीलाई कार्यवाहक प्रहरी महानिरीक्षको जिम्मेवारी दिएका प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

आइतबार आईजीपी थापासँगै चौथो वरियताका एआईजीपी प्रधुम्नकुमार कार्की र एसपी सविन प्रधान टर्कीको इस्तानवुल प्रस्थान गरेका छन् । यसअघि कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी चौथो वरियताका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) प्रधुम्नकुमार कार्कीलाई दिइएपछि विवाद भएको थियो ।

यसअघि कार्तिक २६ मा भारतको हैदरावादमा आयोजित इन्डियन पुलिस सर्भिस (आईपीएस)को दिक्षान्त समारोहमा जाँदा पनि आईजीपी थापाले दुईजना बरिष्ठ एआईजीपी हुँदाहुँदै कार्कीलाई जिम्मेवारी दिएका थिए । आफुभन्दा कनिष्ट प्रहरी अधिकारीलाई कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाउदैँ दोस्रो वरियताका एआईजीपी हरिबहादुर पाल र तेस्रो वरियताका एआईजीपी निरजबहादुर शाही बिदामा बसेको थिए । एआईजीपी शाही यसपटक भने कार्यावाहक प्रहरी महानिरीक्षक बनेका छन् ।

पूर्व प्रहरी अधिकारीले यस अघि प्रहरी प्रधान कार्यालयमा कार्यरत बरिष्ट प्रहरी अधिकारीलाई कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइनु उपयुक्त भएको भन्दै कार्कीलाई दिइनु स्वभाविक भएको टिप्पणी गरेका थिए ।

यस पटक भने प्रहरी प्रधान कार्यालयमा कार्यरत एआइजीपी नै प्रहरी महानिरीक्षकसँग गएपछि राष्ट्रिय प्रहरी प्रशिक्षक प्रतिष्ठानको निर्देशकको जिम्मेवारीमा रहेका शाहीलाई कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ । अब प्रहरी प्रधान कार्यालयबाट कार्यवाहक प्रहरी महानिरीक्षक स्तरीय निर्णय हुने सबै फाइल बोकेर प्रतिष्ठानको कार्यालय महाराजगञ्ज पुग्नुपर्ने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org