प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाईंदै
काठमाडाैँ । न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
नेपाल बार एशोसिएसनका तर्फबाट सोमबार २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
नेपाल बार एशोसिएसनका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन लागिएको हो । वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै कारण न्यायपालिकामाथिको विश्वास गुम्न थालेको र अदालतमा विसंगति मौलाएको भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको छ ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने र प्रधानन्यायाधीशको इजलासमा बहस समेत नगर्ने बताइसकेको नेपाल बारले प्रधानन्यायाधीशलाई विदा गर्नुपर्ने आधार, कारण र आरोपसहितका ज्ञापनपत्र सभामुखलाई बुझाउन लागेको हो ।
बारले सोमबार दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष सिंहदरबारमा भेट गरी ज्ञापनपत्र बुझाउन लागेको हो । उपाध्यक्ष बस्यालका अनुसार सोमबार नै विभिन्न राजनीतिक दलका संसदीय दलको कार्यलयमा समेत गई प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने आधार र आरोपसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...