ताजा समाचार

ज्ञापनपत्र बोकेर बारको टोली माओवादी केन्द्रकहाँ पुग्यो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजनीमा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले राजनीतिक दलहरूको साथ खोजेको छ । ‘राणाको बहिर्गमन किन ?’ भन्ने लिखित ज्ञापनपत्र बोकेर बारको टोली सत्तारूढ दल नेकपा माओवादी केन्द्रकहाँ पुगेको हो ।

माओवादी केन्द्रसँग बारले राणालाई हटाउन माग गरेको छ । पार्टी सचेतक देव गुरूङलाई ज्ञापनपत्र बुझाउँदै बारले न्यायालयको समस्या न्यायालयभित्रबाट समाधान नभएकाले दलहरूको साथ आवश्यक भएको बताए ।

उनले संसद् र दलहरूले संवैधानिक दायित्व निर्वाह गरिदिन अनुरोध गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org