म प्रधानमन्त्री होइन, तर प्रधानमन्त्री भन्दा कम छैन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिवर्तनको एजेण्डा माओवादीले बोकेको दाबी गरेका छन्।
बुधवार कैलालीमा भएको एक कार्यक्रममा उनले जनताको अगाडि प्रतिक्रियावादी झुक्दै संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता मान्न बाध्य भएको दाबी समेत गरे।
‘आन्दोलनको आँधीबेहरी आएपछि बाध्य भएर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा आएकाहरु फेरी सल्बलाउन थालेका छन्। पोहोर साल थाहा पाइ हाल्नुभयो संविधान नै उल्ट्याउने प्रयास भएको’ प्रचण्डले भने।
उनले राष्ट्रिय एकता कायम नभएसम्म आफूहरुको लडाइँ जारी रहने बताउँदै भने, ‘अब हामी शान्तिपूर्ण तरिकाले आवश्यक संविधान संशोधन गरेर अगाडि बढिनेछौं। माओवादी केन्द्र बलियो भयो भने राष्ट्रले निकास पाउँछ। माओवादी केन्द्र कमजोर भयो भने पाएका उपलब्धी पनि गुम्छन्।’
प्रचण्डले माओवादीलाई मधेसी तथा थारुहरु माझ खुइल्याउने प्रयास भइरहेको आरोप समेत लगाए।
‘एकथरी अवसरवादीहरु मधेसमा जाँदा माओवादी होइन, मधेसको हित गर्ने हामी हौँ भन्दै नक्कली मधेसवादीहरु पुग्छन्,’ उनले भने, ‘यतातिर (कैलाली) आएर थारुहरुको त हामी हौँ। माओवादीले त छाडिसक्यो भन्छन्। काम गर्ने कालु मकै खाने भालु भन्छन् नी। त्यस्तै अहिले एकथरी भालुहरु निस्किएका छन्।’
प्रचण्डले जनताको लागि लड्ने पार्टी माओवादी भएको दाबी गर्दै भने, ‘तपाईँकै छोराछोरीको पार्टी भनेकै माओवादी केन्द्र हो।’ उनले अघिल्लो सरकारमा हुँदा केपी शर्मा ओलीले जनताको राम्रो काम होस भन्ने नचाहेकोसमेत आरोप लगाए।
‘जनताको पक्षमा प्रचण्डले बोले भने केपी ओलीले सुन्न नचाहने। त्यसैले त बालकोट पुगेनी,’ उनले भने, ‘अहिले त्यस्तो छैन। हुन त प्रधानमन्त्री त म होइन्। तर, प्रधानमन्त्री भन्दा कम पनि छैन। अर्थमन्त्रालय हामीसँगै छ। भूमि समस्या समाधान गर्ने मन्त्रालय हामीसँग छ। युवाहरुको रोजगारी खेलकुदको समस्या समाधान गर्ने मन्त्रालय पनि हामीसँग छ। यसपाली केपी ओलीको जस्तो हुँदैन।’
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...