ताजा समाचार

चितवन पुगेर योगेशले भने- सचिवमै दोहोरिन्छु

काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमार्फत आफूले पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी पुनः सम्हाल्ने अपेक्षा गरेका हुन् ।

आफू भर्खरै चितवन आइपुगेको र देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम सुरु भएको भन्दै उनले सबैसँग सल्लाह लिएर अघि बढ्ने जानकारी दिए । एमालेमा कार्यकारी भूमिका निर्वाह गर्न आफूसँग अझै १५ वर्ष बाँकी रहेकाले अहिले नै ठुलो पदमा पुग्ने आकांक्षा नराखेको उनको भनाइ थियो ।

उनले पार्टीभित्र अहिले पनि समूह रहेको तर त्यो समूह भनेको एमाले नै रहेको पनि बताए । उनले महाधिवेशनको उद्घाटन सत्रलाई भव्य बनाइने र चितवनका हरेक घरमा उद्घाटन सत्रमा सहभागिताका लागि निमन्त्रणा पठाइएको जानकारीसमेत दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org