ताजा समाचार

वरिष्ठ उपाध्यक्ष पदमा नउठ्‍न नेम्वाङलाई ओलीको दबाब, उपराष्ट्रपति बन्‍न प्रस्ताव !

काठमाडाैँ । एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् ।

जसकारण बन्दसत्रमा ढिलाइ भएको छ  सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।

शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन् । ओली बसेको होटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै  छ । जसकारण बन्दसत्र अझै लम्बिने देखिएको छ ।

शनिबार बिहान १० बजे सेभेन स्टारमा सुरू हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरू भएको छैन । प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन् ।  हिजो पनि ८ बजे केन्द्रीय कमिटी बोलाएर ओली राति ११ बजे पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org