ताजा समाचार

बन्द सत्र स्थलमा पुगे ओली, केहीबेरमा सुरू हुँदै

काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफू बसेको पार्क सफारी रिसोर्टबाट बन्द सत्र स्थलमा पुगेका छन्।

नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र बिहान ८ बजेबाट सुरू हुने भनिए पनि सुरू हुन सकेको थिएन।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने निर्णय गरे पनि सहमतिमा नयाँ समिति बनाउन सकिन्छ कि भनेर ओली नेताहरूसँग भेटघाट गरिरहे पछि बन्द सत्र ढिलो भएको हो।

बन्द सत्र स्थल होटल सेभेन स्टारमा हुँदैछ। केही बेरमा बन्द सत्र हुँदैछ।

बन्दसत्र स्थल होटल सेभेन स्टारको अगाडि प्रतिनिधि तथा कार्यकर्ताको भीड लागेको छ। प्रतिनिधिहरू परिचय पत्र लिँदैछन् भने कार्यकर्ताहरू नेताहरूसँग फोटो सेसनमा व्यस्त छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org