ताजा समाचार

मतगणना नसकिँदै शपथग्रहणको तयारी

काठमाडाैँ । एमालेको चितवनमा जारी दशौं महाधिवेशनमा निर्वाचित हुने केन्द्रीय पदाधिकारी र सदस्यहरुको शपथग्रहणको तयारी गरिएको छ ।

अहिले सौराहामा मतगणना हुँदै गर्दा महाधिवेशनको बन्दसत्रस्थलमा उक्त तयारी गरिएको हो ।

मतगणना जारी रहेकाले अपरान्ह ४ बजेभित्र अन्तिम परिणाम आउने अनुमान गर्दै शपथग्रहणको तयारी गरिएको हो । अन्तिम परिणामलगत्तै शपथग्रहण गराउने स्रोतले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org