ताजा समाचार

प्रस्तावित सूची अश्वीकार गर्दैै उम्मेदवार बनेका चारै नेता पराजित

काठमाडौं । नेकपा एमालेको प्रस्तावित सूची अश्वीकार गर्दै पदाधिकारीमा उम्मेदवार दिएका सबै नेता निर्वाचनमा पराजित भएका छन् ।
अध्यक्षमा भीम रावलसँगै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्की पराजित भएका हुन् ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीप्रति असहमति जनाउँदै यी नेताले आ-आफ्नो उम्मेदवारी दिएका थिए ।

मतगणना सकिँदा चारैजना पराजित भए पनि उनीहरुले प्राप्त गरेको मत केहीबेरमा आधिकारिकरूपमा सार्वजनिक गरिने निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए ।

आयोगले आधिकारिक निर्वाचन परिणाम केहीबेरमै सार्वजनिक गर्दैछ । नेपाल प्रेसको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org