ताजा समाचार

माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पुष ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकले मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने उनले जानकारी दिए ।

बैठकमा पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको उनले बताए ।
केही पालिकामा स्थगित भएको सम्मेलन शुक्रबारसम्ममा सकिने उनले बताए ।

स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org