ताजा समाचार

राष्ट्रिय सम्मेलन केन्द्रीत प्रचण्डको परिपत्र : १५ सय बराबर १ जना प्रतिनिधि चयन गर्न सर्कुलर

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म आयोजना गरेको राष्ट्रिय सम्मेलनका लागि तयारी तीव्र पारेको छ ।

मंसिर १६ र १७ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सम्मेलन केन्द्रीत विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सवै प्रदेशलाई १८ बुँदे परिपत्र जारी गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा २०७८ मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरुको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि चयन गरेर केन्द्रीय कार्यालयमा नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाइसक्न भनिएको छ ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि यसअघि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था परिवर्तन गरेको छ । त्यसलाई  घटाएर ५ प्रतिशत कायम गरेको माओवादी केन्द्रले जनाएको छ । साथै प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादी केन्द्रको छ ।

त्यसैगरी माओवादी केन्द्रले ८० वटासम्म पालिकाहरु भएका प्रदेशमा प्रदेश समिति १७५ सदस्यीय कायम गर्ने र सो भन्दाबढी पालिकाहरु भएका प्रदेशहरूमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समितिमा १÷१ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org