ताजा समाचार

एमालेको जनलहर देखेर काँग्रेस–माओवादी अत्तालिएका छन्ः नेता भट्टराई

चितवन  । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई नेकपा (एमाले) को जनाधार देखेर अहिले काँग्रेस र माओवदी पार्टी अत्तालिएको बताएका छन ।

प्रेस चौतारी नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताए । आफूलाई ठूलो भन्ने दुई पार्टी चितवनमा एमालेको जनलहर देखेपछि अत्तालिएका छन् उनले भने । चितवनमा एमालेले गरेको भव्य महाधिवेशनबाट अत्तालिएकै कारण काँग्रेस र माओवादीले आफ्नो महाधिवेशनमा जनप्रदर्शन नगर्ने निर्णय गरेको उनले दावी गरे।

चितवनमा सात लाखभन्दा धेरै जनसहभागिता भएको प्रमाण सुरक्षा निकायले दिएको सचिव भट्टराइले जानकारी दिनुभयो । यती ठूलो सहभागिता जुटाउन नेपाली काँग्रेस र माओवादीले सक्दैनन् उनले भने, “एमालेसँग सामना गर्न सक्ने पार्टी अन्य छैन । एमालेको जनसहभागिता तोड्ने भनेको एमालेले मात्र हो, अन्य पार्टीले होइन ।”

कम्युनिस्ट पार्टी स्थापना भएदेखिको कम्युनिस्टको लिगेसी एमालेसँग रहेको उनले चर्चा गरे । एमालेले जनताको साख जोगाएको उनले बताए । जनताको भरोसा एमालेमाथि भएकाले आगाी निर्वाचनमा एमालेले बहुमत ल्याउने उनले दावी गरे ।

माओवादीको केही हिस्सा एमालेमा रहेको र पुष्पलाल, मदन भण्डारी, मनमोहनको लिगेसी पनि एमालेसँग रहेको उनले बताए । एमालेको नेतृत्वमा कम्युनिस्ट पार्टी नेपालमा रहन्छ । अन्य कम्युनिस्टको प्रभाव हुदैन । अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुन्छ उनले भने ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमालेकोजस्तो व्यबस्थित र भव्य महाधिवेशन सम्पन्न गर्न अन्य पार्टीले नसक्ने बताए । एमालेको महाधिवेशनबाट सवैभन्दा धेरै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अत्तालिनुभएको पनि उनले टिप्पणी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org