ताजा समाचार

साेमबार थपिए २६५ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोभिड-१९ संक्रमण देखिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ६ सय १७ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ सय ३८ र एन्टीजेन्ट विधिबाट २७ जनामा कोभिड पुष्‍टि भएको छ ।

त्यसैगरी ३ सय ५७  संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ४ हजार ९ सय १ जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित ६ हजार ३ सय ८६ जना छन् । आज मात्र १ लाख ६ हजार ६ सय १ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा १ सय १४ र भेन्टीलेटरमा ३२ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ६२ , संस्थागत आईसोलेशनमा ३ सय २४ र क्वारेन्टाइनमा ९८ जना छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org