ताजा समाचार

प्रकाशमानले भने- सभापतिमा मेरो दाबी कायमै छ

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन् ।

आज काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका हुन् ।

उनले पार्टीलाई विधिसम्मत् र संस्थागत रूपमा सञ्चालन गरी साँचो अर्थमा प्रजातान्त्रिक पार्टी बनाउनका लागि आफू सभापतिको उम्मेदवार बन्न लागेको बताए । आफ्नो उम्मेदवारीको सम्बन्धमा परामर्श भइरहेको उल्लेख गर्दै उनले दृढताका साथ अगाडि बढेको बताए ।

नेता सिंहले काठमाडौं महानगरपालिका वडा-१० बानेश्वर स्थित छक्कुबक्कु पार्कमा नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री भट्टराईको शालिक अनावरण गरेका हुन् । उनले भट्टराईले दिएको सिद्धान्त र आदर्शको राजनीतिको सन्देशलाई सबै राजनीतिक दलका नेताहरूले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org