ताजा समाचार

नेतृत्वमा नयाँ अनुहार ल्याउनुपर्छ : डा. रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस नेतृत्वमा पुरानै अनुहार लिएर चुनावमा जाँदा जनताले नपत्याउने बताएका छन् ।

शुक्रबार बिहान नेता रिजालले १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि उमेदवारी घोषणा गर्दै पुरानै अनुहार लिएर चुनावमा जाने निर्णय कांग्रेसका लागि घातक हुन सक्ने बताए ।

काठमाडौंको नक्सालमा आयोजित कार्यक्रममा उनले सहज रूपमा मुलुकलाई आम निर्वाचनसम्म पुर्‍याउनु वर्तमान सरकारको अभिभारा भएको पनि बताए ।

“सबै दलहरूले आफ्नो महाधिवेशन सकेर नयाँ अनुहार लिएर जनतामाझ जानुपर्छ । यो सरकार र हाम्रो अभिभारा यही हो,” उनले भने, “अहिले देखिएजस्तो अनुहार पार्टी नेतृत्वमा देखिए जनताले पत्याउँदैनन् । त्यही भएर पार्टीले नयाँ अनुहार ल्याउनुपर्छ । शेरबहादुर देउवा दोहोरिनु हुँदैन ।”

उनले प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवाप्रति आफ्नो समर्थन भए पनि पार्टीभित्र सभापतिको रूपमा फरक मत रहेको बताए । अहिलेकै अनुहारले आम चुनावमा कांग्रेसमा उत्साह नआउने उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org