ताजा समाचार

भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अख्तियार प्रमुख राई इजिप्ट जाँदै

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई शुक्रवार विदेश भ्रमणमा जाँदै छन् ।

भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन–२०२१ मा सहभागी हुन प्रमुख आयुक्त राई इजिप्ट जान लागेका हुन् ।

प्रमुख आयुक्तसँगै अख्तियारका सचिव तोयम राया पनि सम्मेलनमा सहभागी हुन शुक्रवार दिउँसो त्यसतर्फ प्रस्थान गर्न लागेको आयोगका प्रवक्ता (सह सचिव) नारायण प्रसाद रिसालले बताए ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारबाट शुरु हुँदैछ । सो सम्मेलनमा विश्वभरबाट भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखहरु सहभागी हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org