ताजा समाचार

बोहोराटार पुगेर देउवाले पौडेललाई भने– सन्यास लिने कुरा नगर्नुस् राष्ट्रमा तपाईंको खाँचो छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राति रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेर राजनीतिबाट सन्यास नलिन आग्रह गरेका छन् ।

“राष्ट्रका लागि तपाईंको आवश्यकता छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस् भन्नुभयो,” देउवाको भनाइ उद्धृत गर्दै पौडेल निकट स्रोतले भन्यो ।

पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त,आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनबाट बाहिरिएको बताएका थिए ।

उनीहरुबीच करिब एकघण्टा कुराकानी भएको थियो । पौडेलले देउवालाई सत्ताको प्रभाव पार्टीको राजनीतिमा प्रयोग नगर्न आग्रह गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org