ताजा समाचार

शाक्य र उप्रेतीलाई बस्नेतको प्रश्नः-“बरिष्ठ अधिबक्ता ज्यु ,प्रधान न्यायधिश बनाईदिन्छु भनेर कति कराेड खानु भयाे ?”

काठमाडौं । बारको आन्दोलनलाई अधिवक्ता बसन्त बस्नेतले दलालको पृष्ठपोषकको संज्ञा दिएका छ ।

अधिवक्ता बस्नेतले सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र मीरा खड्कालाई प्रधानन्यायाधीश बनाउनको लागि अहिले बारले आन्दोलन गरेको आरोप लगाएका हुन ।

उनले कार्की र खड्कालाई प्रधानन्यायाधीश बनाउन लागिपर्नेहरुलाई दलालका पृष्ठपोषकको संज्ञासमेत दिदै सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्–‘दिपक र मिरालाई प्रधान न्यायधिस बनाउन लागि पर्ने तिनका दलाल पृष्ठपोषकहरू, तिमिहरूले वकिलहरूलाई मुख छाड्न बन्द नगरे गंभिर परिणाम भोग्नु पर्नेछ ।’

उनले सर्वोच्च बारका अध्यक्ष तथा बरिष्ठ अधिबक्ता पुर्णमान शाक्य र हरि उप्रेतीको नाम नै लिएर कार्की र खड्कालाई प्रधानन्यायाधीश बनाईदिन्छु भनेर कति करोड खानुभयो ? भनेर प्रश्नसमेत गरेका छन् ।

उनले लेखेका छन्-“बरिष्ठ अधिबक्ता पुर्णमान शाक्य र हरि उप्रेतिज्यु, कृपया बताई दिनुहाेस् त दिपक कार्कि र मिरा खड्कालाई प्रधान न्यायधिश बनाईदिन्छु भनेर कति कराेड खानु भयाे ??”

यसअघि उनले लेखेका छन्–‘पदमा बहाल रहेका पद खाईसकेर निबृत भएका र पद पाउने आसमा रहेकाहरू सिसाको घरमा बसे सरह हुन् । सडकमा हिड्नेलाई नजिस्काउंदा हुन्छ । सहिष्णुताको ख्याल यिनले गरून् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org