ताजा समाचार

अखिलका सबै अध्यक्ष एमाले नेतृत्वमा

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा भ्रातृ संगठन अनेरास्ववियुको उदयपछिका हालसम्मको सबै नेतृत्व समेटिएको छ ।

हालै चितवनमा सम्पन्न महाधिवेशनमा निर्वाचितमध्ये पदाधिकारी र सदस्यमा अधिकांश समेटिएका थिए । बाँकी रहेका ऐन महरलाई मनोनीत गरिएको छ ।

२०३६ सालको विद्यार्थी आन्दोलनका नेता टंक कार्कीदेखि वर्तमान अध्यक्ष सुनिता बरालसम्म केन्द्रीय नेतृत्वमा समेटिएका हुन् । तीमध्ये पदाधिकारीमा पूर्वअध्यक्षहरू शंकर पोखरेल महासचिव र योगेश भट्टराई सचिव बनेका छन् ।

टंक कार्की, अरुण नेपाल, हिक्मत कार्की, खिमलाल भट्टराई, ठाकुर गैरे, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नविना लामा, ऐन महर, सुनिता बराल केन्द्रीय सदस्य बनेका हुन् । महाधिवेशनबाट छुटेका महरलाई आज मनोनीत गरिएको छ ।

पूर्वअध्यक्षमध्ये रामनाथ ढकाल र रविन्द्र अधिकारीको निधन भइसकेको छ । पूर्वअध्यक्षहरू तुलबहादुर गुरुङ, राजेन्द्र राई र रामकुमारी झाँक्री नेकपा (एस) मा छन् ।

पूर्वअध्यक्षहरूमध्येका विश्वकान्त मैनाली, गौरी प्रधान र रामप्रसाद ज्ञवाली भने सक्रिय राजनीतिमा छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org