ताजा समाचार

एमालेले फेर्यो प्रदेशका अध्यक्षसहित सवै पदाधिकारी, कुन प्रदेशमा को ? (सूचीसहित)

काठमाडौं। नेकपा एमालेले सवै प्रदेशमा नेतृत्व परिवर्तन गरेको छ ।

आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले सात ओटै प्रदेशको नेतृत्व परिवर्तन गरेको हो ।

जसअनुसार प्रदेश १ मा तुलसी न्यौपाने अध्यक्ष, टीका चेम्जोङ उपाध्यक्ष चिन्तन पाठक सचिव र दुई उपसचिवमा धन तामाङ र शैलेश लामालाई चयन गरेको छ । यसैगरी प्रदेश २ मा रामअवतार यादव अध्यक्ष, रेवती पन्त उपाध्यक्ष, डा. कृष्ण पौडेल सचिव, फर्मुद नदाव र आरती भण्डारी उपसचिव चयन भएका छन ।

बैठकले बागमति प्रदेश अध्यक्षमा केशव पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा बिजय सुवेदी, उपसचिवमा रत्न गुरुङ र महेश बर्ताैला चयन गरेको छ । यसैगरी गण्डकी प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवमा क्रमशः नवराज शर्मा, मोहन रेग्मी, धनञ्जय दवाडी, मञ्जु अधिकारी र रश्मी आचार्य चयन हुनुभएको छ । लुम्बिनी प्रदेशमा राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गा थारु चयन भएकाछन।

यसैगरी कर्णाली प्रदेशको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवद्वयमा क्रमशः बिनोश शाह, लालबहादुर महतारा, कमल शाही, रुपा शाही र टेकराज पछाई चयन भएका छन । यसैगरी सुदुरपश्चिम प्रदेशमा दामोदर भण्डारी, कमल तिमिल्सिना, धर्मराज पाठक, बलदेव रेग्मी र चभगिरथी योगी चयन भएका छन । यस्तै उपत्यका बिशेषमा प्रेमप्रसाद पराजुली? बिदुर कार्की, समिर नेपाल, उर्मिला सुनुवार र चन्द्र रिजाललाई जिम्मेवारी दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org