ताजा समाचार

योगेश भट्टराईको प्रस्ताव : भीम रावललाई स्थायी कमिटी सदस्य बनाऔं

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न माग गरेका छन् ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेका छन् । त्यसमा अध्यक्षमा पराजित भीम रावलको नाम छैनन् ।

बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन् । उनले वरिष्ठता, नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन समेत आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org