ताजा समाचार

कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

काठमाडाैँ । नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।

निर्वाचन समितिले कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले मनोनयन फिर्ता लिएका हुन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org