ताजा समाचार

“एउटै व्यक्ती प्रदेश पदाधिकारी र केन्द्रिय सदस्य हुन मिल्ने विधान कहाँ छ?”: नेता रेग्मी

हनुमानढोका भित्र हुनुपर्ने साथीहरु केन्द्रीय समितिमा पर्दा संगठनमा रगत पसिना बगाएकाहरु बिदाईमा पर्नु दुखद्

काठमाडाैं । अपराध कर्ममा संलग्नहरुलाई अखिल क्रान्तिकारीले केन्द्रीय समिति सदस्य बनाएको भन्दै नेता नरेश रेग्मीले तत्काल सच्याउन माग गरेका छन् ।

हनुमानढोका भित्र हुनुपर्ने साथीहरु केन्द्रीय समितिमा पर्दा संगठनमा रगत पसिना बगाएकाहरु बिदाईमा पर्नु दुखद् रहेको भन्दै नेता रेग्मीले विधान विपरित काम भएको आरोप लगाएका छन् ।

अखिल क्रान्तिकारीले १९९ सदस्यीय केन्द्रीय समिति टुंगो लगाएपछि उनले विदाई गर्न या थप्न साझा मापदण्ड बनाउनुपर्नेमा अपराध कर्ममा लागेकादेखि विदेशमा बसेर भर्खरै फर्किएकालाई केन्द्रीय समितिमा राखिनु विधान विपरित भएको जनाएका हुन् ।

यस्तै, रेग्मीले एउटै व्यक्ति प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यमा कसरी भन्दै भनेका छन्,’एउटै व्यक्ती प्रदेश पदाधिकारी पनि र केन्द्रिय सदस्य पनि हुन मिल्ने विधान कहाँ छ? हात जोडेर विदाई हुन्छु भन्ने साथीहरु कमिटीमा पर्दा दैनिक आन्दोलनमा खटिरहेका साथीहरु कसरी विदाईमा परे ?’

हात जोडेर बिदाई हुन्छु भन्नेहरु अटाउदा आन्दोलन र संगठनको पक्षमा खटिनेहरु किन परेनन भन्दै उनले नेतृत्वलाई प्रश्न समेत गरेका छन् ।

यद्यपी विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १९९ केन्द्रीय सदस्यहरुको नामावली टुंगो लगाएको हो ।

रेग्मी २१ औं राष्ट्रिय सम्मेलनबाट अत्यधिक मतका साथ केन्द्रीय सचिवमा निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org