ताजा समाचार

प्रचण्ड एण्ड कम्पनीहरु अस्थिरताका संवाहक हुन् : केपी ओली

काठमाडाैँ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अस्थिरताको संवाहक भएको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई बुधबार सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि भएको ठोकुवा गरे ।

‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन्, ’, उनले भने, ‘कुनै भ्रम राख्नु पर्दैन र यस्ता अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ ? तिनका कनेक्सन कहाँ छ, त्यो हामीले देखेका छौँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org