ताजा समाचार

मलद्वारमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुईजना पक्राउ

काठमाडाैँ । दुबईबाट मलद्वार र जुत्ताको तलुवामा लुकाएर सुन ल्याउने दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

विमानस्थल सुरक्षा कार्यालय र अपराध महाशाखाको संयुक्त टोलीले भारतीय नागरिक मोहम्मद साहिद इब्राहिम शेख र इर्साद अहम्मदलाई बुधवार पक्राउ गरेको हो । उनीहरु फ्लाई दुवईको विमानबाट काठमाडौं आएका हुन् ।

भारतको गुजरात घर भएका मोहम्मद साहिद इब्राहिम शेखले मलद्वारमा लुकाएर ल्याएको ३ सय ७९ ग्राम सुन प्रहरीले बरामद गरेको छ । केराला घर भएका इर्साद अहम्मदको साथबाट ४४२ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । इर्सादले जुत्ताको तलुवा र पाइन्टको बेल्टमा लुकाएर सुन ल्याएका थिए ।

बरामद ८ सय २१ ग्राम सुनसहित प्रहरीले उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org