ताजा समाचार

सानेपामा नारा: कांग्रेसभित्र क्रान्ति, गगन-विश्व महामन्त्री

काठमाडाैँ । कांग्रेस १४ ‌औं महाधिवेशन अन्तर्गत महामन्त्रीको मत गणना अहिले अन्तिम चरणमा पुगेको छ।

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा युवा नेताद्वय विश्वप्रकाश शर्मा र गगन थापा जित नजिक पुगेका छन्।

महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा जितको नजिक भएपछि पार्टी कार्यालय सानेपामा पुगेका छन्। उनलाई कार्यकर्ताहरूले अविर लगाएर स्वागत गरेका छन्। यद्यपि गगन थापा भने अहिलेसम्म पार्टी कार्यालयमा आइपुगेका छैनन्।

गगन र विश्वको समर्थनमा सयौं नेता कार्यकर्ता सानेपा पुगेर नारा लगाइरहेका छन्- राजनीतिमा क्रान्ति, गगन विश्व महामन्त्री। हेर्नुहोस् तस्बिरहरू

महामन्त्री पदका लागि  ६ जनाले उम्मेदवारी दिएका थिए। अहिले मतगणना जारी छ। कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजय हुने लगभग पक्का भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org