ताजा समाचार

एमाले नेताहरूको कार्यविभाजन : कसले के जिम्‍मेवारी पाए ? (सूचीसहित)

काठमाडौँ- नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ ।

एमालेले अन्तर्पार्टी निर्देशन (जारी गर्दै १० औँ राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि कार्यविभाजन गरेको हो ।

एमालेले विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान, पाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने जिम्‍मा पाएका छन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ भने उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org