ताजा समाचार

सर्वदलीय बैठक बस्नुुअघि सत्तारुढ दलको बैठक बस्दै

काठमाडाैँ । विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको छ ।

सरकार प्रवक्तसमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सत्तारुढ दलको बैठक आज दिउँसो २ बजे बैठक बोलाइएको छ ।

सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा सत्तारुढ दल भित्र साझा धारणा निर्माणका लागि गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ ।

संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आज अपरान्ह ४ बजेलाई आह्वान गरिएको छ ।

संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक आह्वान गरेका हुन् ।

विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ ।

एमालेले आजको बैठकमा पनि सहभागी नहुने बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org