एमसीसी सम्झौता पारित हुन्छ : गृहमन्त्री खाँण
जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासका लागि नेपालकै प्रस्तावमा आएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित हुने बताएका छन् ।
मन्त्री खाँणले पूर्ववर्ती सरकारहरुकै पालोमा अघि बढेको र नेपालको विकासका लागि परियोजना बीच अघि नै सम्झौता भएकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए ।
नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आइपुगेका गृहमन्त्री खाँणले स्व. रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा पत्रकारसँग कुरा गर्दै एमसीसीको बारेमा जनतामा केही भ्रम छरिएको बताए । उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसमा अन्य कुनै भ्रम छैन् ।’
नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको पनि उनले जानकारी गराए । उनले भने, ‘एमसीसीको परियोजना कुनै ऋण होइन, यो निःशर्त अनुदान हो, गठबन्धनको दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ ।’
पत्ररकारको जिज्ञासामा गृहमन्त्री खाँणले कुनै पनि प्रस्ताव अगाडि लग्नुभन्दा पहिले सहमति र सहकार्यता जरुरी रहेकाले वातावरण तयारीमा लागेको बताए । प्रदेश २ को नेपाली कांग्रेसका महाधिवेशन लक्षित गरी नेताहरु विमलेन्द्र निधिसहितका नेताहरु जनकपुरधाम पुगेका छन्।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...