ताजा समाचार

‘जनताको हित र सुशासनसँग जोडिएका विषयमा जबसम्म सुशासन हुँदैन तबसम्म जनताको प्रगति हुन सक्दैन’: आयुक्त चन्द

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीविरुद्ध कठोर बन्ने बताएका हुन् ।

‘जनताको हितसँग र सुशासनसँग जोडिएका विषय जबसम्म देशमा सुशासन हुँदैन तबसम्म जनताको प्रगति हुन सक्दैन’, उनले भने, जनताको प्रगति गर्नु आज हामी सबैको साझा कर्तव्य भएको छ ।’

विकास निर्माणका काममा हरेक नागरिकले निगरानी गर्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए। सरकारी कामको सूचना माग गर्ने व्यक्तिलाई यथाशीघ्र सूचना उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । सूचना नदिने र लुकाउने व्यक्तिलाई कारबाही गर्ने उनले चेतावनी दिए ।

अन्तरक्रिया कार्याक्रममा सर्लाहीका सबै पालिकाका प्रमुख, प्रशासकीय अधिकृत, लेखा अधिकृत, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलगायतको सहभागिता थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org