उदयपुर सिमेन्टले लक्ष्य नाघ्यो
उदयपुर । सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले लक्ष्यभन्दा बढी उत्पादन र बिक्री गरेको छ। चालू आवको ५ महिनामा ४४ हजार ५ सय मेट्रिकटन क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेकोमा ५२ हजार ४ सय ४० मेट्रिकटन उत्पादन गरेको गरेको छ।
६ लाख ५ हजार ८ सय ७९ बोरा बिक्री गर्ने लक्ष्य उद्योगले लिएको थियो। तर ६ लाख २६ हजार ३ सय ६० बोरा बिक्री भएको महाप्रबन्धक गोपी न्यौपानेले बताए। हिउँद र क्लिनसेल फेर्ने बेलासमेत बजारमा सिमेन्ट अभाव हुन नदिने गरी काम भइरहेको न्यौपाने बताउँछन्।
‘मंसिरमा १५ हजार १० मेट्रिकटन क्लिंकर उत्पादन गर्न सफल भयौं। यो चालू आवको सबैभन्दा बढी हो,’ न्यौपानेले भने। बिक्री विभाग प्रमुख रामबहादुर जीसीका अनुसार यहाँबाट उत्पादित गैंडा छाप सिमेन्ट गुणस्तरीय छ। साउनमा ९ हजार ५, भदौमा १२ हजार १०, असोजमा ६ हजार ४ सय २०, कात्तिकमा १० हजार १० मेट्रिकटन क्लिंकर उत्पादन भएको छ।
असोजबाहेक सबै महिनामा लक्ष्यभन्दा बढी क्लिंकर उत्पादन भएको उद्योगको तथ्यांकले देखाएको छ। मंसिरमा १० हजार ५ सय ३४ मेट्रिकटन उत्पादन र १ लाख ९२ हजार ६ सय १५ बोरा बिक्री भएको छ।
हिउँदमा माग ह्वात्तै बढ्ने भएकाले त्यसलाई लक्षित गरी तयारी थालिएको महाप्रबन्धक न्यौपानेले बताए। उत्पादन क्षमता दैनिक ८ सय मेट्रिकटन छ। कुशल नेतृत्व नहुँदा धराशायी बनेपछि मन्त्रालयले निजीकरणको प्रस्ताव अघि सारेको थियो। तर, मजदुरको चर्को दबाबपछि निजीकरण हुनबाट जोगिएको थियो। अनियमितता र कार्यकर्ता भर्ती केन्द्रको अखडा बनेको उद्योग सुधार हँुदै गएको कर्मचारी बताउँछन्।
मन्त्रालयले ऋण सहयोग दिनासाथ क्षमता विस्तार गरिने न्यौपानेले बताए। कबाडी सामानबाट उद्योगले ५ करोड ४९ लाख आम्दानी गरेको छ। २५ वर्षदेखि यत्रतत्र छरिएका कबाडी सामान लिलाम बिक्री गरी ठूलो रकम भिœयाएका हौं।’
उपदान कोषमा १० करोड
कर्मचारीले उपदानका लागि सिमेन्ट बिक्रीको समय कुर्नु नपर्ने भएको छ। यसका लागि उद्योगले भर्खरै १० करोडको उपदान कोष स्थापना गरेको छ।
सेवानिवृत्त कर्मचारीलाई कोषबाटै भुक्तानी दिन थालेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले बताए। २०७७ माघपछि अवकाश प्राप्त कर्मचारीलाई यही महिनाको अन्तिमदेखि भुक्तानी प्रक्रिया अघि बढाइएको छ। उद्योगले इँटा झरिरहने समस्यालाई समाधान गर्न क्लिन सेल फेर्ने तयारी गरेको छ।
क्लिन सेल भारतको सिम्प्लेक्स कम्पनीले उत्पादन गरिरहेको छ। चैतभित्र जडान गरिसक्ने योजना छ। क्लिन सेलको जोइनिङमा देखिएको समस्यालाई मर्मत गरि उत्पादनलाई नियमित गरिएको उनले बताए। महाप्रबन्धक न्यौपानेले विदेशी लगानी जुटाउन अध्ययनसमेत सुरु गरेका छन्।
११ महिनाअघि जिम्मेवारी सम्हालेका न्यौपानेका लागि उद्योगभित्रको भ्रष्टाचार र विकृति निकै चुनौती थियो। पार्टपुर्जा खरिद र मजदुर युनियनका नाममा हुने बेथितिले थिचिएको थियो। तर, अहिले उद्योगको सुशासनमा निकै सुधार गर्दै लगेका छन्। २०४४ सालमा स्थापित उद्योग कम्पनी रजिस्ट्रारको कार्यालयमा अध्यावधिकसम्म थिएन।
१४ वर्षदेखि साधारणसभा हुन सकेको थिएन। महाप्रबन्धक न्यौपानले उद्योग अध्यावधिक गरेका छन्। लिलाम भएको दुई कट्ठा १७ धुरसमेत ३३ बिघा जग्गा फुकुवा गरी सबै जग्गा हालसाबिक गरिएको बिक्री विभाग प्रमुख जीसीले बताए।
Comments
अरु समाचार
-
रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । शुक्रवार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष...
-
संसद अवरोध भए त्यसको जिम्मा सरकारले लिनुपर्छ: प्रमुख सचेतक लेखक
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद...
-
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिन्छ : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा संघीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई...
-
अब हुन्डाईको गाडी नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका...
-
काभ्रेमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटियो
काठमाडाैँ । काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला भेटिएको छ । शुक्रबार बिहान पाँचखाल नगरपालिका– ४...
-
रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेस संसदीय दलको निर्णय
काठमाडाैँ । नेपाली कांग्रेसले आजदेखि सुरु हुने संसदको वर्षे अधिवेशनमा बोल्न दिने भएको छ । आज बिहान बसेको कांग्रेस संसदीय...
-
एमाले संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ः४५ बजे संसदीय...
-
भाषा आयोगको सदस्यमा सुरेश किरण मानन्धर नियुक्त
काठमाडाैँ । भाषा आयोगको सदस्यमा नेपाल भाषा टाइम्सका सम्पादक सुरेश किरण मानन्धर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले...
-
कांग्रेस संसदीय दलको बैठक सुरु
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको...