ताजा समाचार

हड्ताली न्यायाधीशको किर्ते प्रकरण- न्याय परिषदलाई दोष दिएर उम्किने प्रयास

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो नागरिकता तथा उमेरसम्बन्धी विवादमा न्याय परिषदलाई दोष दिएर उम्किन खोजेकी छन् ।

न्यायाधीश खड्काको दुईवटा नागरिकता र तीनथरी उमेरको प्रमाणसहित समाचार प्रकाशन भएपछी शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले जागिर प्रवेश गरेदेखिनै जन्म मिति २०१४ जेठ २ गते कायम गरेको तर न्याय परिषदको बुलेटिनमा त्रुटिवश आफ्नो जन्म मिति २१३ माघ २८ उल्लेख भएको दावी गरेकी छन् ।

खड्काको विज्ञप्तिमा भनिएको छ- ‘न्याय परिषदले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायधाीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको चरित्रमा प्रश्न उठाइनु उचित होइन ।’

खड्काले न्यायपरिषदको बुलेटिनलाई दोष दिएर उम्किन खोजे पनि उनको २०३२ माघ २८ मा लिएको पहिलो नागरिकतामा १९ वर्ष उमेर लेखिएको छ ।

दोस्रोपटक २०३३ माघ २८ मा उनले १९ वर्ष नै कायम गरेर दोस्रो नागरिकता लिएको अभिलेख ललितपुर जिल्ला अदालतमा छ । जुन अभिलेख नेपाल प्रेसले बाहिर ल्याइसकेको छ ।

खड्काले २०३८ मा सेवा प्रवेश गरेदेखि पुनरावेदन अदालतको न्यायाधीश हुने बेलासम्म जन्म मिति २०१३ माघ २८ राखेकी छन् । तर, मुख्य न्यायाधीश भएपछि भने २०१४ जेठ २ कायम गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org