ताजा समाचार

दोस्रो कार्यकालका लागि आज पदबहाली गर्दै कांग्रेस सभापती देउवा

काठमाडाैँ । हालै सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाले आज पदभार ग्रहण गर्दैछन्।

पार्टी सभापतिमा दोस्रो कार्यकालको लागि विजयी प्रधानमन्त्रीसमेत रहेका देउवाले आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर पदभार ग्रहण गर्न लागेका हुन्।

महाधिवेशनबाट निर्वाचित सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले आजै प्रमाणपत्रसमेत प्रदान गर्ने कार्यक्रम तय भएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यालयमा बिहान ११ बजे कार्यक्रम हुनेछ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्यका लागि गएको मंसिर २७ गते चुनाव भएको थियो।

नव निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आज बस्ने एक नेताले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org