ताजा समाचार

माओवादीको आठौँ महाधिवेशन आजदेखि, देशभरका प्रतिनिधि काठमाडौँ आइपुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौ महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

आठौं महाधिवेशनको आज कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजे उद्घाटन हुनेछ । महाधिवेशनका लागि देशभरका प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

माओवादी स्थायी समिति बैठकले राष्‍ट्रिय सम्मेलनलाई शनिबारमात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो । महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न अहिले ८ बजे केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

सम्मेलनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । जसमा १४८ जना अध्यक्ष पुष्पकमल दाहालले मनोनित गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org