ताजा समाचार

माओवादी महाधिवेशन : बन्दशत्र शुरू, प्रचण्डको प्रतिवेशनमाथि छलफल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दशत्र शुरू भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेश भएका छन् । अहिले उक्त प्रतिवेशनमा २० भन्दा बढी समूह बनाएर छलफल शुरू भएको छ ।

छलफलका क्रममा फरक मत आएमा त्यसलाई समेत समेटेर प्रतिवेदन संशोधनसहित पारित गर्ने तयारी माओवादीको छ ।

बिहीबारसम्म चल्ने महाधिवेशनले राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org