ताजा समाचार

पितृ श्राद्धका लागि पूर्वराजा गोकर्णेश्वरमा

काठमाडाैँ । धार्मिक तीर्थ स्थल जाने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार बिहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तरगया पुगेका छन् ।

शाह पितृ श्राद्धको लागि आफ्ना पुरोहितसहित गेरु वस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवङ्गत पितृको नाममा पूर्व राजाले श्राद्ध गरेका हुन् ।

उत्तर तर्फको शिवपुरी बागद्वारबाट बहन सुरु भएको बागमती उत्तर बहिनी क्षेत्रमा आएपछि दक्षिणबाट उत्तरतर्फ बहने भएकोले यस क्षेत्रलाई उत्तरगयाको नामले चिनिन्छ ।

आफ्ना पितृका नाममा केही दशक पहिला तत्कालीन राजा वीरेन्द्रले पनि यस क्षेत्रमा आइ यहाँ अवस्थित कान्ति भैरवको मन्दिरमा पूजा आराधना गरेका थिए ।  यस क्षेत्रमा श्राद्ध, तर्पण गर्नाले पितृहरूको उद्धार हुने धार्मिक विश्वास एवम्  मान्यता रही आएको  छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org